बिचार/ब्लग

रिसाउँदा पनि हुन्छ एलर्जी कसरी हुन्छ त जानी राख्न पुरा पढनुहोस

छालाले विभिन्न प्रतिक्रिया दिन्छ । धुलो, कुनै केमिकल, खाद्यपदार्थ, किटाणुजस्ता बाह्य तŒवविरुद्ध हुने असामान्य अवस्था एलर्जी हो ।

शरीरमा कुनै बाहिरी तत्व प्रवेश गर्ने बित्तिकै शरीरले प्रतिक्रिया दिन्छ । आइजिइ इमिडियटेड प्रतिक्रिया देखाएर कुनै डाबर आयो वा प्रतिक्रिया देखियो भने त्यसलाई एलर्जी भनिन्छ ।

सामान्यतः तीन किसिमका एलर्जी देखिन्छन् । छालाको प्रतिक्रिया भएर एलर्जी हुन्छ, जसलाई डर्माटाइटिस भनिन्छ । जाबे निस्किने एलर्जी हुन सक्छ, जसलाई अर्टिकेरिया भनिन्छ । अर्को सामान्य चिलाउने हुन सक्छ । त्यसबाहेक पानीका फोका आएर, डण्डिफोर जस्तो बिमिरा भएर पनि आउन सक्छ । डल्लो—डल्लो खिलजस्तो भएर पनि आउन सक्छन् । विभिन्न किसिमले एलर्जी देखिन सक्छन् ।
कतिपयलाई धुलोका कारणले एलर्जी आउँछ । जथाभावी प्रयोग गरिने क्रिम लगायतका कस्मेटिकका कारणले समेत एलर्जी हुन सक्छ ।

कसैको छालामा औषधि खाँदा एलर्जी आउँछ भने कसैलाई खानाका कारणले समेत एलर्जी हुन्छ । धुलोको एलर्जी हुनेलाई कुनै खानेकुराले समेत एलर्जी हुने सम्भावना हुन्छ । खानेकुराले एलर्जी भयो भने कुन खानेकुराले एलर्जी भएको हो पत्तालगाएर त्यस्तो खानेकुरा नखाँदा राम्रो हुन्छ । कतिपयलाई माछा—मासु, अण्डालगायतले एलर्जी हुन सक्छ ।

शरीरको रगतभित्र सेतो कोष, रातो कोष र प्लेटलेट्स हुन्छ । रातो कोषले अक्सिजन शरीरमा फैलाउँछ । सेतो कोषिकाले रोगप्रतिरोधात्मक प्रणालीको काम गर्छ । कोषिकाले पैदा गर्ने ‘इमुनो ग्लोबुलिन’हरु मध्ये ‘आइजीई’ले एलर्जीको विरुद्ध प्रतिरोधात्मक क्षमता राख्छ । किटाणुसँग लड्छ । शरीरको कुनै अंगमा चोटपटक लाग्यो भने प्लेटलेट्सले रगत रोक्न मद्दत गर्छ ।

कारण तथा लक्षण
नाकमा पानी आउने, हाच्छिउँ आउने, शरीर चिलाउने, डाबर आउनेजस्ता एलर्जीका लक्षण हुन् । जुनसुकै समयमा शरीरका जुनसुकै ठाउँमा एलर्जी हुन सक्छ । सामान्यतः एलर्जी क्षणिक समस्या हो । कुनैकुनै दीर्घकालीन पनि हुन्छन् ।

छालामा आउने एलर्जीमध्ये डाबर आउने समस्या एक हो । डाबर आउने एक किसिमको प्रतिक्रिया हो । नेपालीमा डाबर आउनुलाई जाबे आउनेसमेत भनिन्छ । डाबर आउने समस्यालाई अर्टिकेरिया पनि भनिन्छ । आइजीईसँग सम्बन्धित डाबर अउने समस्यालाई एलर्जिक अर्टिकेरया भनिन्छ । एलर्जीमा अन्य प्रतिक्रिया नदेखाई केहीबेर चिलाउने समस्या समेत हुन सक्छ । छालामा एलर्जी आउने अर्को समस्यालाई डर्माटाइटिस पनि भनिन्छ ।

कतिपय एलर्जी डाबर नआई पनि हुन्छ । कतिपयलाई सुरुमा चिलाउने, फुट्ने, कत्ला आउने, मसिनो बिमिरा वा फोका आउने हुन सक्छ । त्यसरी आएको छालाको एलर्जीमा बिरामीले लगातार कन्याउँदा बारम्बारको घश्रणले गर्दा कालान्तरमा छाला बाक्लो हुँदै जान्छ । छाला कालो हुन्छ तथा सुक्खा कत्ले देखिन्छ, जसलाई लाइकेनिफिकेसन भनिन्छ । नेपालीमा भैँसे दाद भनिन्छ ।

कसैलाई केही कुरा छुँदा एलर्जी हुन्छ । जस्तै कसैलाई सिमेन्टको धुलोले एलर्जी हुन्छ । कसैलाई घडीको एलर्जी हुन्छ । यसरी छोएर हुने एलर्जी कुनै इरिटेन रियाक्सन हुन्छन् भने कुनै एलर्जिक रियाक्सन हुन्छन् ।

इन्डोजोनस एलर्जी भनेको आन्तरिक कारणले हुने एलर्जी हो । चायाँको एलर्जी, छाला सुख्खा हुने एलर्जी, पैसेदाद (पैसा जस्तो देखिने) लगायत अन्य एलर्जी आन्तरिक कारणले हुन्छन् । छालाको एलर्जी धुलोले बढाउँछ । विभिन्न प्रकारका कीराले टोक्दासमेत एलर्जी हुनसक्छ ।

धुलोको जोखिम
लामखुट्टे, कीरा, उपियाँलगायतले टोक्यो भने एलर्जी हुन्छ, जसलाई प्यापुलर अर्टिकेरिया भनिन्छ । जहाँ धुलो हुन्छ त्यहाँ इन्फेक्सन तथा एलर्जी हुने सम्भावना बढी नै हुन्छ ।

सहरमा धेरै किसिमका केमिकल प्रयोग हुने भएकाले धुलोको जोखिम पनि बढी हुन्छ । सहरमा मानिसको भीडभाडसमेत धेरै हुने भएकाले एलर्जीको जोखिम हुन्छ । धुलोमा विभिन्न किटाणु मिसिन सक्ने भएकाले टाइफाइट लगायतका जोखिमको समस्या हुन्छ ।

धुलोका कारणले छालामा एलर्जी आउँछ । कन्याउँदा घाउ भएर इन्फेक्सन हुनसक्छ । धुलो तथा मानिसको भीडभाडका कारणले दाद तथा भाइरल इन्फेक्सनसमेत सर्ने जोखिम हुन्छ ।

धुलोले दम, फोक्सोको समस्या, आँखा रातो हुने, हाक्ष्युँ आउने जस्ता एलर्जी हुन सक्छ । गाडीको धुवाँसहितको धुलोका कारणले एलर्जी हुन सक्छ । शहरमा सवारी साधनबाट निस्कने धुवाँसहित निस्किएको धुलो खराब हुन्छ ।

पेट्रोलमा लिड लगायतका घातक तत्व मिसिएका हुन्छन् । यस्ता तत्वले छाला लगायतका शरीरका अंगमा क्यान्सर जस्ता रोग लाग्न सक्छ । सहरको भीडभाडसँगै मानिसमा भएको विभिन्न स्वासप्रश्वास लगायतका रोग धुलोसँगै अरू व्यक्तिमा सर्न सक्छ । धुलोमा भएका किटाणुले इन्फेक्सनका साथै एलर्जी निकाल्न सक्छ ।

घामको जोखिम
घाममा अल्ट्राभाइलेट रेडिएसन हुन्छ । चर्को घामले कडा रेडिएसन भयो भने क्यान्सर सम्मको खतरा हुन्छ । घाममा टक्सिक रियाक्सनसमेत हुन सक्छ ।

गर्मी मौसममा चर्को घाम लाग्दा छाला डढाउनेसमेत समस्या हुन्छ, जसलाई सन्बर्न भनिन्छ । घाममा छाला डढ्यो भने पोल्ने चिलाउने लगायतको शारीरिक तथा मानसिक समस्या समेत हुन सक्छ । घाममा बस्दा फोटो इडिटेसन रियाक्सन र फोटो एलर्जिक रियाक्सन हुन सक्छ । जसले छालामा समस्या ल्याउन सक्छ ।

रिसले एलर्जी
कतिपयलाई रिसाउँदा समेत छालाको एलर्जी हुन सक्छ । बरर्र डाबर आउँछ । रिसाउँदा खुसीहुँदा तथा कुनै इमोसन आउँदा शरीरमा हर्मन उत्पादन हुन्छ । रिसाउँदा शरीरमा केमिकल उत्पादन हुन्छ । रिसाउँदा शरीरमा हिस्टामिन, थम्बोक्सेन जस्ता केमिकल उत्पादन हुन्छन्, जसको कारण कतिपयलाई रिसाउँदा डाबर आउने जस्ता एलर्जी हुन सक्छ । हिस्टामिनले रगतको नली फुलाइदिन्छ । रगतको नलीको छिद्रबाट केमिकल बाहिर आउँछ । केमिकल बाहिर आएपछि सुन्निनेजस्ता समस्या देखा पर्छन् ।
जोगिने कसरी ?

घामको एलर्जीबाट बच्न ह्याट लगाउनु पर्छ । क्याप लगाउनु पर्छ । शरीरका अंग ढाक्नेगरी कपडा लगाउनु पर्छ । माक्स लगाउनुपर्छ । जालीजस्ता पातला कपडा लगाएर घामबाट बच्न नसक्ले भएकाले केही बाक्लो घाम छल्न सक्ने किसिमको कपडा लगाउनुपर्छ । कटनको कपडा ल गाउँदा राम्रो । छाता ओड्नु पर्छ ।
घामबाट जोगिन विभिन्न किसिमका सनब्लक क्रिम लगाउन सकिन्छ । धेरै किसिमका क्रिम बजारमा पाइन्छन् । जस्तै युभी जीरो, युभीएल, स्याडो, बनानाबोट लगायतका क्रिमको प्रयोग गर्न सकिन्छ । चिकित्सकको सल्लाहमा क्रिम प्रयोग गर्नुपर्छ ।

हाइड्रो अक्सिड क्लोरोक्विन जस्तो औषधिको सेवन गर्दासमेत घामबाट बच्न सकिन्छ । चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ । धुलोबाट बच्नका लागि कोठामा धुलो नियन्त्रण गर्नु पर्छ । कोठा सफा राख्ने । धुलो भएको ठाउँमा धेरै जानु हुँदैन ।

घामको जस्तो धुलो जोगाउने क्रिम तथा औषधि पाइँदैन । त्यसैले धुलोबाट टाढा बस्नु पर्छ । धुलोको एलर्जी हुनेले माक्स लगाउनुपर्छ । नरम साबुन प्रयोग गर्नुपर्छ । छालाको एलर्जी हुनेले कुकुर बिरालोको रौँबाट समेत जोगिनु पर्छ ।

जुनपायो त्यही मलम लगाउनु हुँदैन । घाम तथा एलर्जीबाट बच्नका लागि सन ब्लक, मोश्चराईजर जस्ता मलमको प्रयोग गर्नु पर्छ । चिकित्सकको सल्लाहबिना यस्ता मलम प्रयोग गर्नु हुँदैन ।

Facebook Comments
Loading...