बिचार/ब्लग

बेच्न मिल्ने भए श्रीमानलाई नै टुडिखेलमा राखेर बेचिदिन्थे : डोल्मा तामाङ (हेर्नुहोस् भिडियो)

भक्तपुर,

डोल्मा तामाङ् ११ वर्षको उमेरमा भागी विवाह गरेर कौसल्टार आएकी थिइन्।

तामाङ् जातिको चलन नै भगाएर लग्नु पर्ने भएकोले उनले भागी विवाह गरेकी हुन्।

श्रीमानले सुख दिने बाचाको साथ भगाएर ल्याय पनि डोल्माले सुख भने पाइनन्।

दिनहुँ मध्यपान सेवन गरेर आउथे डोल्माका श्रीमान। यति मात्र होइन उनले नशा लागे पछि श्रीमती कुटपिट समेत गर्थे।

श्रीमान र आफु स्वयम बेरोजगार भएकोले डोल्मालाई घर परिवार चलाउन निकै गार्हो पर्यो। उ

नको दुई छोरी पनि छन्।दुई छोरी जेठीसजिता र कान्छी छोरी सबिनालाई पढाउन समेत गाह्रो परेपछि उनले गाडामा तरकारी पसल राख्ने निधो गरिन्।

आफ्नो घरको दु:ख सम्झेर उनले पसल त शुरु गरिन् तर यो काम उनको लागि सजिलो भने थिएन।

वरिपरिका व्यापारीहरु डोल्माको रिस गर्ने गर्थे। उनलाई आफ्नै श्रीमानले पनि साथ दिएका थिएनन्। उनी सम्झिन्छिन् ,’मैले निकै दु:ख पाए।

पढेलेखेको थिइन। हिसाब गर्न आउदैनथ्यो। नजिकको साथीलाई सोधेर व्यापार गर्थे। अहिलेको सुख तव स्वर्ग जस्तो लाग्छ।’

हेर्नुहोस भिडियो,

Facebook Comments
Loading...