बिचार/ब्लग

पत्थरीबाट सजिलैसित छुट्कारा पाउन अमृत समान प्याज

एजेन्सी,

तरकारी वा सलादमा प्याजलाई बढि प्रयोग गरिन्छ । खानामा त अनिवार्य रुपमा प्रयोग हुन्छ नै । तर, प्याजको उपयोगिता यति मात्र छैन । प्याजले खानाको स्वाद मात्र बढाउँदैन, यसको प्रयोग घरेलू उपचारका लागि पनि गरिन्छ ।

प्याजलाई एक प्रकारको औषधि पनि मानिन्छ। प्याजको सेवनले शरीरमा हुने इन्फेक्सन र हाडजोर्नी जस्ता समस्याबाट पनि बच्न सकिन्छ। यसको प्रयोगले सौन्दर्यसम्बन्धी समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ । भनिन्छ, प्याजको सेवनले मानिसको आयु पनि बढ्ने गर्दछ। त्यसो भए प्यास सेवन गर्नुका अन्य यस्ता फाइदाहरु फाईदाहरुपनि छन्

१) पत्थरीबाट छुट्कारा : पत्थरीबाट पीडित भएकाहरुका लागि प्याजको सेवन रामवाण नै मानिन्छ । बिहानको समयमा खाली पेटमा प्याजको रस सेवन गर्नाले पत्थरीबाट सजिलैसित छुट्कारा पाउन सकिन्छ।

२) रुघाखोकी : यदि तपाई रुघाखोकीबाट पीडित हुनुहुन्छ भने नियमित रुपमा प्याजको सेवन गर्नुस् । प्याजले शरीरलाई न्यानो बनाउँछ जसले रुघाको इन्फेक्शन हुन दिँदैन। रुघाखोकीमा प्याजले औषधिको काम गर्छ ।

३) हाडजोर्नी समस्या : हाडजोर्नीमा समस्या हुँदा प्याजको रसले मसाज गर्नुस् । यसले तपाईलाई राहत दिनसक्छ । प्याजको रसलाई तोरीको तेलमा मिलाएर मसाज गर्दा झनै फाइदा हुन्छ ।

Facebook Comments
Loading...