भिडियो

आरसी सापकोटा र बिष्णु माझिको कर्णपि्रय स्वरमा ,ऋषि खड्काले गरे अहिले सम्मकै फरक सिर्जना, (भिडियो सहित)

महेन्द्र मुस्कान क्षेत्री

बैशाख २० प्यूठान – चर्चित संगीतकार एवम् गायक ऋषि खड्काकाे चर्चा दिनप्रतिदिन चुलिरहेकाे कुरा नेपाली लाेकदाेहाेरी गीत संगीतमा विधितै छ । एकपछि अर्काे गर्दै फरक एवम् सफल गीतहरु सिर्जना गर्दै अाएका उनै खड्काकाे अाज विहिवार प्रेम कहाँनी नामक नयाँ गीत सार्वजनिक भएकाे छ ।
लाेकदाेहाेरी क्षेत्रकै चर्चित गायिका विष्णु माझि र अारसी सापकाेटाकाे सुमधुर अावाज रहेकाे यस गीतकाे संगीत सृजना ऋषि खड्काले अत्यन्तै नयाँ प्रयाेग र फरक शैलिले गर्नुभएकाे छ ।
सुस्मा अधिकारी र अाषिर प्रताप जंगकाे जाेडदार अभियान रहेकाे यस म्यूजिक भिडियाेकाे निर्देशन एवम् सम्पादन चर्चित एवम् वेस्त निर्देशक क्रान्ति केसीले गर्नुभएकाे छ भने छायाँकन अजय रेग्मिले गर्नुभएकाे छ ।
हामी सँग कुराकानी गर्दै संगीतकार खड्काले अाफूले याे गीतमा धेरै मेहनत गरेकाे र यसलार्इ लाेकदाेहाेरी गीत संगीतकाे इतिहासमै फरक बनाउने प्रत्यन गरेकाे दावी गर्नुभयाे । साथै उहाँले यस अाफ्नाे फरक सृजनालाइ दर्शक श्राेताले विशेष रुचाउने उहाँकाे अपेक्षा रहेकाे छ ।
सप्त ऋषि म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेकाे यस गीत जसरी फरक भएर अाएकाे छ यसलार्इ सबै दर्शक श्राेताले पनि फरक मायाँ दिनुहुने छ गीतले सबैकाे मन जिताेस् शुभकामना ।
हेर्नुहोस उक्त गितको पुरा भिडियो

Facebook Comments
Loading...