समाचार

असोज १८ गते देखि सर्वसाधारणको लागि नयाँ नोट

काठमाडौं,

नेपाल राष्ट्र बैंक दशैंका लागि नयाँ नोट सटही तथा वितरणलाई प्रभावकारी बनाउने तयारीमा जुटेको छ । सर्वसाधारणलाई सहज तरिकाले नयाँ नोट उपलब्ध गराउन राष्ट्र बैकले ब्यवस्थित तरिकाले नयाँ नोटको ब्यवस्था गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले दशैको लागि असोज १८ गते देखि नयाँ नोट सटहीको काम शुरु गर्ने तयारी गरेको छ । यस पटकको दशैमा नयाँ नोट सटही गर्न राष्ट्रबैंक धाउन नपर्ने गरी सबै बैंक मार्फत नोटहरु वितरण गर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैकले ५ देखि एकसय रुपैयाँ सम्मका नोटहरु प्रतिव्यक्ति २० हजार रुपैयाँको दरले उपलब्ध गराउने गरी १२ अर्ब रुपैयाँ सटही गर्ने तयारी गरेको छ ।

त्यसैले यस वर्ष पनि माग अनुसार नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस वर्ष पनि नोट सटही गर्ने व्यवस्था नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकाश बैंक मार्फत नै गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन बिभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले नयाँ नोट सटहीका लागि यस वर्ष उपलब्ध बैंकहरुको कार्यलयहरुबाट सहजै पाउन सकिने बताउनु भयो ।

गत वर्ष राष्ट्रबैंकले काठमाडौंस्थित बैंकिङ कार्यलय थापाथली र काठमाडौबाहिर क्षेत्रिय कार्यलयहरुबाट नयाँ नोट उपलब्ध गराएको थियो । नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका बिभिन्न शाखा मार्फत नयाँ नोटको सटही व्यवस्था गरेको थियो ।

Facebook Comments
Loading...