समाचार

सभामुख महराको पद संकटमा : यस्तो छ प्रचण्ड र ओलीको निर्णय

काठमाडौं,

एमाले र माओवादी केन्द्रको एकता भएसँगै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र उपसभामुख ..को पद संकटमा परेको छ । यसअघि सभामुख र उपसभामुख एमाले र माओवादीले बाँडेका थिए । तर, दुई एक भएपछि दुवै पद एउटै पार्टीको भएको छ। यसै विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि सभामुख र उपसभामुख मध्ये एकजनाको पद संकटमा परेको हो ।

सर्वोच्चमा परेको रिटमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गरिएको छ । अधिवक्ता अच्युत खरेलले अहिले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले यसलाई तत्काल परिवर्तन गर्नुपर्ने माग रिटमा गरेका छन् ।

उनले रिटमा पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग अघि सार्र्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेका हुन् ।

रिटमा उनले प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा सभामुख र उपसभामुख एउटै पार्टीको हुनु संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग अलग पार्टीको हुनुपर्ने माग राखेका छन्।

खरेलले दायर गरिएको रिटमा प्रतिनिधि सभा र कर्णाली प्रदेशसहित १, ३, ४, ५ र ७ नं प्रदेशमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग गरेका छन् । नेपालको संविधान २०७२ को धारा, ९१ को उपधारा ९२० को ९१०मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ। सोही धारामा टेकेर अधिवक्ता खरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सँगै संविधानको धारा, १८२ को उपधारा (२) को (१) मा प्रदेश सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ।

Facebook Comments
Loading...