समाचार

परिवारका एक्लो छोरा अस्ताए सधैका लागी

काठमाडौं, २ जेठ ।

बुधवार जहाज दुर्घटनामा परी मृत्यु भएका आदित्य नेपाली मकालु एयर संचालकका एक्ला छोरा तथा कम्पनीका कार्यकारी सम्पादन समेत रहेको थाहा भएको छ । सुर्खेतवाट उडेको मकालु एयरको विमान बुधवार विहान दुर्घटना भएको छ ।

दुर्घटनामा चालक दलका सदस्य आदित्य र किरण भट्टराईको मृत्यु भएको छ । विहानदेखि सम्पर्कबिहीन मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिँएको हो । विमान भेटिँदा दुवै चालक दलका सदस्यको मृत्यु भइसकेको थियो ।

मृत्यु भएका दुवैको शव सिमिकोट विमानस्थलमा ल्याइसकिएको छ। मृत्य भएका पाइलट आदित्य मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका एक्ला छोरा हुन् । उनी कम्पनीमा कार्यकारी निर्देशकका समेत थिए।

पाँच वर्षअघि मे २७, २०१३ हुम्लाको सिमिकोटमा यही जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका सदस्यसहित ९ जना घाइते भएका थिए।’

Facebook Comments
Loading...