समाचार

प्रधानमन्त्री ओली, रबि लामिछाने र राजेश हमाल देखी लिएर ७५ हजार नेपालीले यसरी राखे बिश्व रेकर्ड, ‘बुद्द बर्न इन नेपाल’ (भिडियो सहित )

२० फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’

यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ । ‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सत्यतामा भ्रम नछर्न विश्व समुदायलाई आग्रह गरे । अझै पनि कतिपय शैक्षिक संस्थाले बुद्धको जन्मबारे भ्रम श्रृजना गर्ने काम गरेको भन्दै उनले विश्वका सबै सरकार, देश र विश्वविद्यालयलाई अब अलमलमा नपर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हिंसाको बाटो रोज्नेलाई बम बनाउने र अशान्ति तथा आतंक फैलाउने काम छोडेर सम्वृद्ध नेपाल बनाउने काममा योगदान पुर्‍याउन पनि आहृवान गरेका छन् । पुरा भिडियो हेर्नुहोस ….

Facebook Comments
Loading...