प्रवास

मलेसियास्थित नेपाली दूतावासमा कार्यरत म्यानपावर व्यवसायी निष्कासित

काठमाडौँ,

मलेसियास्थित नेपाली दूतावासमा कार्यरत एक कर्मचारीलाई निष्कासन गरिएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासमा कार्यरत सवारी चालक प्रविन प्रधानलाई दूतावासले निष्कासन गरेको हो । प्रधानले काठमाडौंको गौशालामा उत्सव एचआर सोलुसन प्रालिको नाममा म्यानपावर कम्पनी सञ्चालन गरिरहेको पाइएको थियो ।

प्रधानलाई यसअघिका राजदूतले सवारी चालकका रुपमा दूतावासमा जागिर दिएका थिए । तर, प्रधानले दूतावासको मानमर्दन हुने गरी म्यानपावर व्यवसायमा संलग्न भएको र दूतावासको कर्मचारीको नाममा गलत फाइदा उठाएको भन्दै निष्कासन गरिएको हो ।

बुधबार साँझ दूतावासले विज्ञप्ति जारी गर्दै उनलाई जिम्मेवारीबाट हटाएको बताएको छ ।

रातोपाटीले यसअघि नै प्रधानबारे समाचार प्रकाशन गरेको थियो ।दूतावासकै कर्मचारी मेनपावर सञ्चालक भएपछि… रातोपाटीले मलेसियाको वैदेशिक रोजगारीबारे नियमित रुपमा समाचार प्रकाशित गरिरहेको छ ।

Facebook Comments
Loading...