प्रवास

अल्जेरियामा सैनिक विमान दुर्घटना,१०० बढीको मृत्युको आशंका

२८ चैत, काठमाडौं ।

अल्जेरियामा सैनिक जहाज दुर्घटना हुँदा एकसय जना भन्दा बढी मारिएको आशंका गरिएको छ ।

स्थानीय समय अनुसार बुधबार विहान राजधानी अल्जियर्स नजिकैको बौफारिक मिलिटरी एयरपोर्ट नजिकै दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । १५ भन्दा बढी एम्बुलेन्सले घाइते र मृतकहरुलाई अस्पताल लगिरहेको दृश्य स्थानीय टेलिभिजनहरुले देखाएका छन् ।

आधिकारिक निकायले भने मृत्युबारे केही बताएको छैन । यसअघि ४ वर्षअघि सैनिक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

अनलाईन खबर

Facebook Comments
Loading...