प्रवास

सडकछेउ ट्रक राखेर सामान झार्दै थिए, अचानक छेउको पातको थुप्रो देख्दा लाग्यो झट्का

एजेन्सी,

अमेरिकाको इण्डियानापोलिस राज्यमा एक ट्रक ड्राइभर ट्रकमा सामान लिएर छोड्न गएका थिए । उनी सम्बन्धित ठाउँमा पुगेपछि सडकछेउमा गाडी राखेर पार्सल लिइ घरमा छोड्न गए । घरमा पार्सल छोडेर फर्किने क्रममा अचानक उनको नजर सडकछेउ थुप्रिएका पातहरुमा पर्यो । पातको थुप्रोमा उनलाई केही अनौठो चीज लाग्यो । त्यसपछि उनले त्यो चीज के हो भनी जान्न नजिकै गएर हेरे ।

नजिक गएर हेर्दा उनलाई झट्का लाग्यो । त्यहाँ एक बालक सुतेका थिए । ती बालक तिनै महिलाका छोरा थिए जसको सामान छोड्न उनी घरमा गएका थिए । ती बालक खेल्दै खेल्दै त्यहाँ लुकेका थिए । तर ती बालक जहाँ लुकेका थिए त्यो ठाउँ निकै खतरनाक थियो किनकि पातको थुप्रो सडकमै थियो । त्यहाँ ती बालकलाई झट्ट देखिँदैनथ्यो । ती ट्रक ड्राइभर जोर्डन बीबर आफैंले पनि ट्रक लिएर त्यहाँ जाँदा र महिलाको घरमा सामान छोड्न जाँदासम्म पनि उनलाई देखेका थिएनन् । जोर्डनका अनुसार फर्किने बेलासम्म पनि ती बालकतिर ध्यान नगएको भए उनले त्यहीँबाट ट्रक अगाडि बढाउन सक्थे र बालक त्यहीँ किचिन सक्थे ।

उनले महिलासँग सोधेर लुकिरहेका बालकको एउटा फोटो खिचे । त्यसपछि जोर्डनले त्यो फोटो सामाजिक संजालमा पोस्ट गर्दै अन्य अभिभावकलाई सचेत बनाएका छन् । उनले यो फोटो शेयर गरेपछि अरु अभिभावकले आफ्ना बच्चाको क्रियाकलापमा ध्यान दिने आशा गरेका छन् । यसका साथै यो पोस्टका कारण ड्राइभरहरुले पनि गाडी चलाउँदा यस्ता कुरामा सतर्क हुने उनको अपेक्षा छ ।

Facebook Comments
Loading...