मनोरञ्जन

सुर्य इन्टरनेशनल उत्कृष्ठ अवार्ड पल र पूजालार्इ

काठमाडौँ । सुर्य इन्टरनेशनलको उत्कृष्ठ अवार्ड ‘म यस्तो गीत गाउँछु’ ले पाएको छ ।

जापानमा सम्पन्न उक्त अवार्ड फिल्मका निर्देशक सुदर्शन थापा, नायिका पूजा शर्मा र नायक पल शाहले उचाले । त्यस्तै पपुलर फिल्मको अवार्ड छक्का पञ्जा २ ले पाए । फिल्मका निर्देशक प्रदीप भट्टराई पपुलर घोषित भएका छन् । अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायक र नायिकाको अवार्ड पाए । सह अभिनेताको अवार्ड भने फिल्म ऐश्वर्य बाट प्रशान्त ताम्राकारले पाए ।

छक्का पञ्जा २ बाट बर्षा राउतले सह अभिनेत्रीको अवार्ड पाइन् । नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड र नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान प्रदान गरियो ।

त्यस्तै आधुनिक गायक र गायिकातर्फ राजेश पायल राई र मेलिना राईले अवार्ड पाएका छन् भने पप गायक कमल खत्री र गायिका ईन्दिरा जोशीले अवार्ड पाए । लोकतर्फ गायक रामजी खाँड र गायिका सम्झना मगरलाई अवार्ड दिए।

Facebook Comments
Loading...