मनोरञ्जन

शेखरले ल्याए ‘अतीतको त्यो मधुर कहानी’

काठमाडौं ।

शुक्रबार संघीय राजधानीको शिल्पी थिएटरमा गजलकार शेखर अस्तित्वको गजलकृति ‘अतीतको त्यो मधुर कहानी’को विमोचन गरिएको छ ।

कार्यक्रममा गजलकार र गजल समालोचकज्यूहरू ज्ञानुवाकर पौडेल, ललिजन रावल, करुण थापा, रवि प्राञ्जल, डा.घनश्याम परिश्रमी, प्रा.डा.कृष्णहरि बराल, डा.भोजराज घिमिरे, गजलस्रष्टा पोष्टराज चापागाईं लगायतको उपस्थितिमा उक्त कृति बिमोचन गरिएको हो ।

गजकार अस्तित्व भारतीय नागरिक भएर पनि नेपाली भाषा साहित्यको बारेमा राम्रो ज्ञान हासिल गरेका व्यक्ति हुन । उनले आफ्नो कृति बिमोचनमा भाग लिने सबैलाई धन्यवाद दिएका छन् ।

अस्तित्वका गजलहरु अन्तर्राष्ट्रि मान्यतामा आधारीत छन् । ‘अतीतको त्यो मधुर कहानी’ कृतिले नेपाली गजलको विकास विस्तार परिमार्जनमा ठूलो महत्वराख्ने सम्भावना पनि त्यत्तिकै छ ।

भारतको मुम्बईमा रहेर हिन्दी, मराठी, नेपाली गीत गजल रचना गर्दै आएका सर्जक शेखर अस्तित्वले जीवनको लामो समयकाल नेपालमा विताएका छन् ।

Facebook Comments
Loading...