मनोरञ्जन

कपिलकी पूर्व प्रेमिकाले दिँदैछिन् सुनीललाई साथ

एजेन्सी,

कमेडियन तथा एक्टर सुनील ग्रोवर मिनी कमेडी सीरीजसँग टेलिभिजनमा फर्किन तयार छन्। यो सीरीज१२–१५ एपिसोडको हुनेछ र यसमा बलिउडका अन्य कलाकार पनि हुनेछन्।

अझ रमाइलो पक्ष त के भने यो शो पनि कपिल शर्माको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ जस्तै हुनेछ, जसमा हास्यरस प्रशस्त हुनेछ।
यो शोको निर्माता अरु कोही नभएर कपिल शर्माकी पूर्व गर्लफ्रेण्ड र उनको प्रोडक्शन हाउस केनाईन की एक्स–क्रिएटिभ हेड प्रीति सिमोन हुन्।

बीचको केही समस्या भएन भने यो शो डिसेम्बरको बीचबाट सुरु हुने भारतीय संचारमाध्यमले जनाएका छन्। अहिलेसम्म कमेडियन सुदेश लहरीले शोमा आउने वचन दिएका छन्। उता बलिउडबाट शाहरुख खान र रणवीर सिंह यो शोमा पाहुना बनेर आउने चर्चा छ।
भारतीय संचारमाध्यमले स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार सानो पर्दामा कपिलकै जस्तो गरी शो ल्याउने आइडिया सुनीलको हो। यसमा सुनील ग्रोवरको फ्यामिली मेम्बरका रुपमा अन्य भूमिका देखाइने भएको छ।

यो शोको कथासुनील र उनको परिवारका सदस्यमाथि केन्द्रित हुनेछ। जुन कपिलको सुपरहित शो जस्तै हुनेछ। सुरुमा टेलिभिजन च्यानलले स्टोरीलाइनमा केही परिवर्न गर्न चाहेको थियो।

तर सुनीलको योजना आफूले भनेजस्तै हुनुपर्छ भन्ने थियो। पछि सुनीलले टेलिभिजन च्यानललाई आफ्नो कुरामा विश्वास दिलाए र केही परिवर्तनपछि च्यानलले यसलाई स्वीकार गरेको छ। सुनीलले त शोको नाम नै कपिलको शोको नाममा नै राख्ने योजना बनाएका थिए, तर टेलिभिजन च्यानलले त्यसमा सहमति जनाएन।

कपिल र सुनीलबीच डेढ वर्ष पहिला मार्च २०१७ मा अष्ट्रेलियाबाट फर्किँने क्रममा जहाजमा झगडा भएको थियो। कपिलले मदिराको नशामा सुनीलमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो। यो घटनापछि सुनीलले कपिलको शो ‘कमेडी नाइट विथ कपिल’ छोडेका थिए। सुनीलको अनुपस्थितिमा कपिलको शो बन्द नै भयो। त्यसपछि कपिललाई डिप्रेशन भयो। यद्यपी अहिले उनी पूण स्वस्थ छन्। र चाँडै टेलिभिजनाम फर्किने योजना बनाउँदै छन्।

Facebook Comments
Loading...