मनोरञ्जन

१० वर्षको उमेरदेखि धार्मिक प्रशिक्षण लिइरहेकी युवती ८ वर्षपछि एक्कासी बनिन् पोर्नस्टार

एजेन्सी,

कोलम्बियामा एक बालिका सानैदेखि इसाइ साध्वी (नन) बन्न चाहन्थिन् । यसको लागि उनले ८ वर्षसम्म ननलेजस्तै जीवन बाँचिन् । तर एक्कासी यस्तो ट्वीस्ट आयो कि उनी पोनृस्टार बनिन् । उनका धर्मगुरुले उनलाई यस्तो गर्नबाट रोक्न पनि खोजे तर उनले धर्मगुरुको सल्लाहलाई पनि वास्ता गरिनन् । अहिले उनको नजरमा पोर्नस्टारको काम कत्ति पनि नराम्रो होइन । उनी यो कामलाई कलात्मक र सभ्य बताउँछिन् ।

कोलम्बियाको इचुआंगो शहरकी युदी पिनेडा नामकी २८ वर्षकी यी युवती कैयौं वर्ष ननजस्तै जिन्दगी बिताएर अहिले पोर्नस्टार बनिसकेकी छिन् । स्थानीय मिडियासँग कुरा गर्दै उनले भनिन् ‘जब म उराबाको एक स्कुलमा पढ्थें तब हामीलाई धार्मिक शिक्षा दिन त्यहाँ केही ननहरु आउँथे । उनीहरुबाट प्रभावित भएर मैले पनि नन बन्ने फैसला गरेकी थिएँ ।’ युदीका अनुसार उनी १० वर्षकी भएपछि आश्रम जान थालिन् जहाँ ८ वर्षसम्म उनले नन बन्ने प्रशिक्षण लिइन् ।

यही क्रममा युदिको त्यही आश्रममा बस्ने धर्मगुरुसँग प्रेम भयो । त्यसपछि भने उनले नन बन्ने योजना त्यत्तिकै छाडेर सामान्य जिन्दगी बाँच्न थालिन् । आश्रम छोडेपछि पिनेडा मेडलिन शहर गइन् जहाँ उनले नेस्ले कम्पनीमा काम गर्न थालिन् । यही क्रममा उनको भेट जुआन बस्टोस नामका व्यक्तिसँग भेट भयो जो एक एडल्ट वेबक्याम पोर्टलको लागि मोडल खोजिरहेका थिए ।

युदिका अनुसार कास्टिङको लागि अडिसन दिएपछि उनीहरुले युददिलाई छाने त्यसपछि उनी त्यहीँ काम गर्न थालिन् । सुरुसुरुमा उनलाई नराम्रो लागेको थियो तर अहिले सबै सामान्य लाग्छ । युदि नन बन्न नसकेपनि अहिले पनि नियमित चर्च जान्छिन् । चर्चमा शान्ति पाउने उनी बताउँछिन् । युदिलाई आफ्नो पोर्न करिअर निकै राम्रो लाग्छ र यसलाई सभ्य र कलात्मक भन्छिन् । युदिका अनुसार उनलाई हस्तमैथुन गर्न र पोर्न फिल्म हेर्न मन पर्छ र उनी दिनहुँ यो काम गर्छिन् ।

Facebook Comments
Loading...