मनोरञ्जन

बलिउडका यी चर्चित अभिनेत्रीहरु जो एक–अर्कासँग बोल्नै चाहदैनन्

काठमाडौ,

बलिउडमा धेरै कलाकारले निकै चर्चा पाइरहेका छन् । बलिउडमा निकै चर्चा कमाएका केही अभिनेत्रीहरुबीच वर्षौंदेखि सम्बन्धराम्रो छैन । कसैको अफेयरको विषय त कसैको अनावश्यक दिएको अभिव्यक्तिले अभिनेत्रीहरु एकअर्कासँग बोल्न चाहँदैनन् । एउटै फिल्ममा काम गरे तर, बोल्न चाहेनन् । बोल्न मात्रै होइन उनीहरु एकअर्काको मुख समेत हेर्न मन पराउँदैनन् ।

को हुन् त उनीहरु??

१ रेखा र जया बच्चन – बलिउड सुपरस्टार अमिताभ बच्चनसँगको प्रेम सम्बन्धले अभिनेत्री रेखा र जया बच्चनबीचको सम्बन्धमा तुषारोपात भएको हो ।बलिउड सुपरस्टार अमिताभ बच्चनसँग रेखाको प्रेम सम्बन्ध हल्लाले यिनीहरुमा बोलचाल नहुने अवस्थामा पुगे । यद्यपी भेट्दा औपचारिकता भने निभाउने गर्छन् ।

२:कैटरिना कैफ र दीपिका पादुकोण – अभिनेता रणवीरसँगको प्रेम सम्बन्धले । कैटरिना कैफ र दीपिका पादुकोणको बोलचाल छैन । दीपिकासँग ब्रेकअप भएको केही समय पछि नै रणवीरको लाइफमा कैटरिनाको प्रवेशले यिनीहरुमा बो लचाल बन्दको स्थितिमा पुगेको हो ।

३:प्रियंका चोपडा र करिना कपूर – बलिउड अभिनेत्री प्रियंका चोपडा र करिना कपूर फिल्म ‘ऐतराज’मा सँगै काम गरे पनि एक अर्कासँग बोल्न चाहँदैनन् ।उनीहरुबीच १४ वर्षदेखि सम्बन्ध राम्रो छैनन् । फिल्म ‘ऐतराज’मा करिना नायिकाको भूमिकामा र प्रियंका खलनायिकाको भूमिकामा । यसमा प्रियंकाको तारिफ बढी भएपछि उनीहरुबीचको दुश्मनी ग्राफ बढेको हो ।

४: राखी सावन्त र सन्नी लियोनी – पोर्नस्टार सन्नी लियोनीले बलिउडमा प्रवेश गर्दै सबैको ध्यान आफूतिर आकर्षित गरिन् । यस विषयमा अभिनेत्री राखी सावन्तले उनीविरुद्ध अभिव्यक्ति दिन थालेपछी राखी र सन्नीबीच सम्बन्ध राम्रो भएन ।

Facebook Comments
Loading...