विजनेस

बुलेटभन्दा सस्तोमा यस्तो मोटरसाइकल: पारखीलाई खुशीको खबर बिएमडब्लूको नेपालमा

काठमाडौ,

जर्मन गाडी तथा मोटरसाइकल उत्पादक कम्पनी बिएमडब्लू मोटोराडले भारतीय बजारलाई लक्षित गर्दै टीभीएस मोटरसँगको सहकार्यमा मोटरसाइकल उत्पादन थालेको छ । भारतमा उत्पादित उक्त मोटरसाइकल नेपाली बजारमा आउने निश्चित भएको छ । बिएमडब्लू जी–३१० जीएसमा ३१३ सीसीको इन्जिन छ । सिंगल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

जी–३१० जीएसको अधिकतम स्पीड १ सय ४३ किलोमिटर प्रतिघन्टा रहेको छ । भारतमा उत्पादित बिएमडब्लूका मोटरसाइकल टर्बो मोटरले नेपाली बजारमा ल्याउने तय भएको हो । बिएमडब्लूका मोटरसाइकल नेपाल ल्याउन ठूला व्यावसायिक घराना लागिपरेका थिए । तर, सबैलाई पछि पार्दै पञ्चकन्या समूह अन्तर्गतको टर्बो मोटरले बिएमडब्लूका मोटरसाइकल नेपाली बजारमा ल्याउने पक्का भएको हो । सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडल ल्याउने जनाएको छ ।

Facebook Comments
Loading...