टेक्नोलोजी

जापानले दियो घरघरमै पुगेर स्वास्थ्य सेवा दिन मिल्ने मोबाइल मेडिकल कार

काठमाडौं,

नेपालको दूर्गम क्षेत्रका नागरिकहरुलाई घरदैलोमै पुगेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाइल मेडिकल कार प्रदान गरिएको छ ।

नेपालका लागि जापानका राजदूत मासामीशी ओगावाले मंगलबार एक कार्यक्रमकाबीच मोबाइल क्लिनिक फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. शिवशंकर शाहलाई हस्तान्तरण गर्नुभयो ।

टोयोटा हायस गाडीलाई जापानी कम्पनीटोयो फ्याक्ट्रीले मोबाइल क्लिनिकको स्वरुप प्रदान गरी उपलब्ध गराएको हो । त्यो मोबाइल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका नागरिकले लाभ पाउने छन् ।

जापानमा अध्ययनरत् नेपालीलगायतका विश्वका विभिन्न देशका विद्यार्थीहरुको संस्था आइज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तरगत त्यो कार नेपाललाई प्राप्त भएको हो ।

Facebook Comments
Loading...