टेक्नोलोजी

विश्वभर किन भयो यूट्यूब डाउन ?

काठमाडौं,

चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ ।

यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।

यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ ।

प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो ।

प्रयोगकर्ताहरुले समस्या देखेसँगै रिपोर्ट गर्न थालेसँगै यूट्यूटले ट्टीटरमा भनेको छ, ‘तपाईहरुले यूट्यूवको बारेमा गरेको रिपोर्टका लागि धन्यवाद ।

हामी यो समस्या समाधानका लागि काम गरिरहेका छौं र यसबारे समस्या समाधान भएपछि जानकारी गराउने छौं ।

तपाईहरुमा परेको असुविधाको लागि क्षमापार्थी छौं ।’

 

Facebook Comments
Loading...