अपराध

अशक्त छोरीलाई आफ्नै आमाले: निर्घात कुटपिट गरि हत्या

बर्दिया,

बर्दियामा एक महिलाले आफ्नै छोरीको कुटेर हत्या गरेकी छिन्।

ठाकुरबाबा नगरपालिका –५ बस्ने ६५ वर्षीया आमा लोकमाया रानाको कुटाइबाट शुक्रबार ३० वर्षीया छोरी ललिता रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्म्भिक अनुसन्धानमा अशक्त छोरीलाई आमाले कुट्दा मृत्यु भएको खुलेको ईलाका प्रहरी कार्यालय, भुरिगाउँका प्रहरी निरीक्षक प्रेम थापाले जानकारी दिनु भएको छ ।

उहाका अनुसार हत्या आरोपी आमा लोक मायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

About the author

lekbesika bhaka

Loading...